गुणस्तर तथा सुनिश्चितता प्रत्यायन (QAA) प्रमाण पत्र प्राप्त गर्ने पहिलो कानुन कलेज बन्यो, “काठमाडौं स्कुल अफ ल”

काठमाडौं स्कुल अफ ल गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (Quality Assurance Agency – QAA) प्राप्त गर्ने नेपालको पहिलो कानुन कलेज बनेको छ । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण पत्र प्रदान गरेको छ। असार १२ गते आइतवार विश्वविद्यालय अनुदान आयोगले एउटा कार्यक्रम आयोजना गरी काठमाडौं स्कुल अफ ल लाई सो प्रमाण पत्र प्रदान गरिएको थियो ।

विश्वविद्यालय अनुदान आयोगले नेपालमा उच्च शैक्षिक संस्थाहरूको गुणस्तर मापन गरी गुणस्तर सुनिश्चितता तथा प्रत्यायनबाट प्रत्यायनकृत गर्ने कार्य गर्ने गरेको छ। राष्ट्रिय शिक्षा नीति, २०७६ ले उच्च शैक्षिक संस्थाहरूलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रक्रियामा लैजाने नीति ग्रहण गरेको छ । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन उच्च शैक्षिक संस्थाहरूको गुणस्तर निर्धारण गर्ने प्रक्रिया हो । यसबाट प्रत्यायनकृत हुने शैक्षिक संस्थाहरू गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको छ भन्ने बुझाउँछ ।

गुणस्तर सुनिश्चितता (Quality Assurace) वा गुणस्तर नियन्त्रण (Quality Control) वस्तुको उत्पादन तथा सेवासंग जोडिएका शब्दावली हुन्। सन् १९९० को दशकदेखि भएको विश्वव्यापीकरण र उदारीकरणको गतिविधिसंगै उच्च शिक्षामा ठूलो परिवर्तन आएसँगसँगै गुणस्तरको मापन कुरा उठ्न थालको थाल्यो।

नेपालमा विश्वविद्यालय आयोगले सम्बन्धित शैक्षिक संस्थाको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, पुस्तकालय, अनुसन्धान, विद्यार्थी उत्तीर्ण अनुपात, संस्थागत सुशासन लगायतका विषयहरूलाई आधार मानेर स्वदेशी तथा विदेशी प्राध्यापकहरू सम्मिलित टोलीबाट मुल्यांकन गराउने गर्छ । प्रत्यायनकृत गर्नका निम्ति सिफारिस भई आएर गुणस्तर सुनिश्चितता र प्रत्यायन परिषदबाट निर्णय गरेपश्चात मात्र प्रदान गर्ने गरेको छ ।

नेपालमा देशभर करिब १५०० उच्च शैक्षिक संस्थाहरू हाल सञ्चालनमा रहेतापनि हालसम्म नेपालमा विश्वविद्यालय अनुदान आयोगबाट यसरी प्रत्यायनकृत हुने ६३ वटा मात्र उच्च शैक्षिक संस्थाहरू भएका छन् । त्यस मध्ये पनि नेपालमा कानुनी शिक्षा प्रदान गर्ने उच्च शिक्षण संस्थाहरू मध्ये प्रत्यायनकृत हुनेमा काठमाडौं स्कुल अफ ल पहिलो कलेज बन्न सफल भएको हो ।

काठमाण्डौ स्कुल अफ ल ले पहिलो पटक सन् १९९९ देखि ५ वर्षिय कानुन शिक्षाका कार्यक्रमको सुरुवात गरेको थियो । काठमाडौं स्कुल अफ लले कानुनी शिक्षाको क्षेत्रमा हाल स्नातक तह अन्तर्गत ५ वर्षिय बि.ए.एल.एल.बि. तथा स्नातकोत्तर तह अन्तर्गत २ वर्षिय एल.एल.एम., १ वर्षिय एम.ए कार्यक्रमका साथै अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू समेत गर्दै आएको छ।

QAA का मापदण्डहरू

विश्वविद्यालय अनुदान आयोगले Quality Assurance Agency को प्रक्रियामा जान चाहने उच्च शैक्षिक संस्थाहरूलाई निम्न प्रकारका ८ वटा आधारहरूलाई मापदण्ड बनाई QAA को प्रमाण–पत्र प्रदान गर्दछ।
१) नीति नियमहरू (Policy and Procedures)
२) पाठ्यक्रमसम्बन्धी पक्ष (Curricular Aspects)
३) पढाई सिकाई र मूल्यांकन प्रणाली (Teaching Learning and Evaluation System)
४) अनुसन्धान, परामर्श र विस्तार (Research, Counselling and Extension)
५) भौतिक पूर्वाधार र सिकाईका स्रोतहरू (Infrastructure and Learning Resources)
६) विद्यार्थी हित र दिशानिर्देश (Student Support and Consultancy)
७) सूचना प्रणाली (Information System)
८) सार्वजनिक सूचना (Public Information)

अन्तर्राष्ट्रिय अभ्यास

उच्च शिक्षामा गुणस्तरीयताको मापन एवं सुनिश्चितताको बहस सन् १९९० को दशकबाट नै सुरूवात भएको पाइन्छ। विश्‍वजगतमा  सर्वप्रथम International Network for Quality Assurance Agencies in Higher Education (INQAAHE) नामक यूरोपियन विश्वविद्यालयहरूको साझा संगठनबाट सन् १९९१ मा यसको सुरूवात भएको देखिन्छ। त्यसपछि विभिन्न यूरोपियनका साथै पश्चिमा देशहरूमा फैलिएको हो।

सन् १९९२ मा अस्ट्रेलिया सरकारद्वारा गठित Quality Assurance Program (QAP) लाई एक मान्न सकिन्छ।  त्यस्तै सन् १९९४ मा कोरियामा Korean Council for University Education (KCUE) र भारतमा विश्वविद्यालय अनुदान आयोगअन्तर्गत रहेको National Assessment and Accreditation Council (NAAC) तथा UK सरकारले पनि सन् १९९७ देखि Quality Assurance Agency (QAA) ले ती देशका उच्च शिक्षालाई कडाईका साथ गुणस्तर कायम गराउन पहल गर्ने गरेको छ।

Leave a Comment